दुहबी : सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय सञ्जय राजवंशी रहेका छन् ।
विराटनगर महानगरपालिका १ का राजवंशीले चलाएको प्रदेश १–०४–००१ प ०३३४ नम्बरको मोटरसाइकल दुहवी नगरपालिका ८ जुट मिल नजिक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।












Discussion about this post