इटहरी : डा. नवराज लम्सालको अग्नि महाकाव्यले ०७८ सालको मदन पुरस्कार पाउने भएको छ ।
मदन पुरस्कार गुठीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार यसवर्ष अग्नि महाकाव्यका लागि डा. लम्सालले प्राप्त गरेका हुन् ।
यसअघि गुठीले मदन पुरस्कारका लागि २९९ पुस्तकबाट उत्कृष्ट आठ पुस्तकको सूची निकालेको थियो।
यस्तै, गुठीले ०७८ सालको जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरेको छ।












Discussion about this post