इटहरी : इटहरीस्थित टिटि कबर्डहलमा भएको प्रदेश १ स्तरीय टेबल टेनिस प्रतियोगितामा सुनसरीको वर्चश्व भएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष सिंगल तर्फ मोरङ्गका बोधित डिसिले स्वर्ण पदक पाएका छन् ।
सुनसरीका सिदार्थ तामाङ्गले रजत पदक र सुनसरीका अनमोल केसी र मोरङ्गका रोशन श्रेष्ठले कास्य पदक जितेका छन् ।
यस्तै, महिला एकल प्रतियोगितामा पाँचै जना खेलाडी सुनसरी जिल्लाका छन् । बुधबारदेखि भएको खेलमा महिलातर्फ सुनसरीकी अन्जली ठाकुरले स्वर्ण, दीक्षा दाहालले रजत र सोनम ठाकुरले कास्य जितेका छन् ।
यसैगरी, रुपा लिम्बू चौथो र सुलेखा ठाकुर पाँचौ बनेका छन् ।
विभिन्न पदक पाएर प्रदेशबाट छनौट भएका खेलाडीहरूलाई शुक्रबारै एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार विष्टले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
बिजेता खेलाडीहरूको नाम लिष्ट प्रदेश खेलकुद बोर्डमा पठाइने र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणको आयोजना हुने इटहरी टेबल टेनिस एकेडेमीका प्रिसिडेन्ट राजेश भट्टराईले जानकारी दिए ।












Discussion about this post