Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १६, २०७९
in टाकुरा विशेष, समाचार
0
सुनसरीमा यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा कडा पारेको जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले चाडपर्व लक्षित सुरक्षा योजनामा आफूहरूले लागूऔषध कारोबारीलाई नियन्त्रण गर्ने पहिलो योजना रहेको बताए ।

‘चाडपर्वलाई नै लक्षित गरेर जिल्लाभर हामीले एक हजार १०७ जना प्रहरी परिचालन गरेका छौँ,’ ढकालले भने, ‘हाम्रो पहिलो र मुख्य उदेश्य भनेको नै लागूऔषध नियन्त्रण हो ।’

६२ किलोमिटर भारतीय सीमा क्षेत्र रहेको सुनसरीमा चाडपर्वको समयमा हुने लागूऔषध तस्करी, भन्सार छली तथा आपराधिक क्रियाकलाप हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए ।

उनले पछिल्लो समय सीमा नाका भण्टाबारीमा पनि ‘चेक प्वाइन्ट’ कडा बनाएको बताए । सुनसरीका दुई ठूला सहर इटहरी र धरानमा यहाँको इलाका प्रहरी कार्यालयमार्फत सुरक्षा व्यवस्था कडा बनाइएको र कुनै पनि अपराधजन्य घटना हुन नदिन प्रहरी सचेत रहेको एसपी ढकाल बताउँछन् ।

‘चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित बनाउनका लागि प्रहरी सचेत र गम्भीर छ,’ उनले भने, ‘तपाईँहरूको सुरक्षामा हामी हरदम खटिरहेका छौँ, ढुक्कले चाडपर्व मनाउनुहोस् ।’

उनले चाडपर्वको समयमा चोरी, डकैती हुने भएकाले पनि सचेत हुन अपिल गरे । ‘चाडपर्वमा टाढाको यात्रा तय गर्दा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्,’ उनले भने, ‘प्रहरीमा जानकारी भएपछि हामीमा पनि खबरदारी गर्न सहज हुन्छ ।’

साथै चाडपर्वमा हुने जुवातास तथा अन्य विभिन्न आपराधिक घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको एसपी ढकालले बताए ।

पछिल्लो समय सुनसरी प्रहरीको तथ्यांक अनुसार युवा वर्ग लागूऔषध सेवन गर्ने गरेको पाइएको छ ।

‘लागूऔषध नियन्त्रणका लागि प्रहरीले मात्रै नभई सरोकारवाला नागरिक पनि सचेत बन्नुपर्छ,’ एसपी ढकाल भन्छन्, ‘परिवार, समाज, प्रहरी र सरकारी संयन्त्र सचेत हुनुपर्छ, लागूऔषध नियन्त्रण गर्न सुनसरी प्रहरी विशेष योजनासाथ अगाडि बढेको छ ।’

उनका अनुसार तालिम प्राप्त कुकुरलाई पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

यता, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले पनि दुर्घटना न्यूनीकरणका लागि सुरक्षा योजना लागू गरेको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख, एसपी श्यामकुमार महतोका अनुसार अहिले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरी दुर्घटना न्यूनीकरणका लागि सहजीकरण गर्दै आइएको छ ।

प्रदेश १ भरी चार सयभन्दा बढी ट्राफिक प्रहरीहरूलाई परिचालन गरिएको महतोले बताए ।

पहाडी जिल्लाहरूमा विशेष सवारी साधन चेकजाँच राखिएको उनले जानकारी दिए । दुर्घटना न्यूनीकरण र मनपरी भाडा उठाउने चालकलाई कारबाही गर्ने उदेश्य राखिएको उनको भनाई छ ।

 

Tags: #सुनसरी प्रहरीटाकुरा विशेषप्रभु ढकाल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    342 shares
    Share 137 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.