Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एमालेमै रहँदा द्वारिकलाले हडपेका थिए अर्कैको जमिन, माओबादी प्रवेशपछि बनाइयो राजनीतिक फण्डा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०७९
in टाकुरा विशेष, समाचार
0
इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)
196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले जग्गा हडपेपछि अहिले राजनीतिक फण्डा बनाइएको छ ।

नेकपा एमाले परित्याग गरी माओबादी केन्द्र प्रवेश गरेका चौधरीलाई अहिले सत्ता गठबन्धनको तर्फबाट माओबादी केन्द्रले सुनसरी क्षेत्र नं. २ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएको छ ।

इटहरीका प्रदीपकुमार खतिवडाको नाममा रहेको उक्त जग्गा द्वारिकलालले हडपेपछि पीडितले पुरिदिन माग गरेका छन् ।

इटहरी १७ बालग्राममा रहेको ८ (घ) नक्सा नम्बरको कित्ता नं. ६०६ को जग्गा चौधरीले करीब दुई महिनाअघिदेखि हडपेर माछा पालन गरेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि केही दलहरूले राजनीतिक फण्डा बनाउन खोजेका छन् ।

इटहरीमा मेयरको कार्यकाल सकिएपछि एमालेमै रहँदा उनले सो जमिन हडपेका थिए । द्वारिकलालले जग्गा हडपेर माछा पालन गरेपछि पीडितले गत भदौ २७ गते इटहरी उपमहानगरपालिकामा निवेदन दर्ता गरेका थिए । जसबेला द्वारिकलाल एमालेमै रहेका थिए । उनी माओबादी केन्द्र प्रवेश गर्ने हल्ला भएपनि औपचारिक रूपमा प्रवेश गरेका थिएनन् ।

सत्ता गठबन्धनको भागमा सुनसरी २ (क) माओबादीले मागेपछि द्वारिकलाल गत असोज १६ गते पार्टी अध्यक्ष प्रचण्डबाट औपचारिक रूपमा माओबादी केन्द्र प्रवेश गरेका थिए । माओबादी केन्द्र प्रवेश गरेको एक सातामै उनी गत असोज २३ गते प्रदेशसभाको उम्मेदवारी दिएका छन् ।

‘कतिपयले चुनावको बेला राजनीतिक फण्डा बनाएको भनेर फोनहरूमा दबाब आइरहेका छन्,’ पीडित प्रदीपका छोरा अनमोलले समाचार प्रकाशित भइसकेपछि भने, ‘को बाट र कुन पार्टीबाट सञ्चालित भएको भनेर दबाब आइरहेको छ, त्यसबेला एमालेमै रहेको समयमा द्वारिकलालले जग्गा हडप्नु र पछि माओबादीबाट उम्मेदवार बन्नु, त्यसैबेला मनोनयन हुन्छ भन्ने कुरा हाम्रो सरोकार होइन ।’

उनले उपमहानगरले पत्र काटेको एक महिना पूरा भएपछि मात्रै आफूहरूले सो विषयमा सार्वजनिक गरेको बताए ।

पूर्जा अनुसार २०६३ जेठ १ गते नाथुराम चौधरीको नाममा रहेको जग्गा प्रदीपको नाममा पास भएको देखिन्छ । नाथुराम द्वारिकलालका बुबा हुन् । उनीहरूले २०६३ सालमा खतिवडालाई एक कट्ठा जमिन बेचेका थिए ।

‘त्यसबेला जमिन बेच्नुुभयो, अहिले उल्टै हडप्न खोज्नुभयो,’ खतिवडाले भने, ‘हामीले इटहरी उपमहानगरपालिकामा भदौ २७ गते निवेदन दियौँ, एक महिनाको म्याद सकिएपछि असोज २८ गते सार्वजनिक गरेका हौँ ।’

एक महिनाको समय दिएपनि द्वारिकलालले चासो नदेखाएपछि आफूहरू आजित भएको पीडितले बताउँदै आएका छन् ।

उता, चौधरीले भने आफूले यस विषयमा नबोल्ने र उपमहानगरको फैसला पर्खिने बताउँदै आएका छन् ।

चौधरी इटहरी उपमहानगरपालिकाको मेयर हुँदा पटकपटक विवादास्पद छवि बनाएका व्यक्ति हुन् ।

नेकपा एमालेबाट ०७४ सालमा इटहरीको मेयरमा निर्वाचित भएका उनी करीब एक वर्षअघि भएको नेकपा एमाले सुनसरीको नवौँ अधिवेशनमा ८० मत मात्रै ल्याएर पराजित भएका थिए । उनी त्यही समयदेखि एमालेसँग रुष्ट थिए ।

यो पनि _इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले अर्कैको जग्गा हडपेर माछा पालन गरेपछि… (भिडियोसहित)

Tags: टाकुरा विशेषद्धारिकलाल चौधरीद्वारिकलाल चौधरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.