विराटनगर : १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा संघका पदाधिकारीहरूले विराटनगरस्थित मानव सेवा आश्रममा आश्रित आमाहरूलाई भोजन गराएकी छन् ।
सेवा नै धर्म हो भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार मंगलबार (आज) बिहान प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष गिरीले आश्रममा रहेका वृद्दा, असहाय आमाहरूलाई बिहानको भोजन गराएकी हुन् ।
गिरीले मानव सेवा आश्रमले बेसहारा, असहाय, अनाथ, अभिभावकबिहीन तथा सडक आश्रित मानवको उद्धार गरी सेवा प्रदान गरिरहेकोमा मानव सेवा आश्रमलाई धन्यवाद दिएकी थिइन् ।












Discussion about this post