तरहरा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल–भारत दुई देशका जिल्लास्तरीय सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ ।
बिहीबार (आज) इटहरी २० तरहरामा निर्वाचनका बेला सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सहकार्य गर्ने नेपाल–भारत दुई देशका जिल्लास्तरीय सुरक्षा अधिकारीहरुबीच सहमति भएको हो ।
समन्वयात्मक बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सूचनाको आदानप्रदान, सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायहरूबारे दुई पक्षीय छलफल गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बैठकमा निर्वाचनको ७२ घण्टा अघिदेखि सीमा नाका शिल गर्ने सहमति भएको यादवले बताए ।
बैठकमा भारतको सुपौल र अररिया जिल्लाका सुरक्षा अधिकारी र उक्त जिल्लासँग सीमा जोडिएको सुनसरी र सप्तरी जिल्लाका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।
सहभागिताका क्रममा सुरक्षा अधिकारीहरूले सुरक्षा निकायमा आफूहरू गम्भीर रहेको बताएका थिए ।














Discussion about this post