इटहरी : ६५ औँ लियो दिवसको उपलक्ष्यमा लायन्स र लियो क्लब अफ इटहरी प्रोफेसनल्स (इन्जिनियरिङ) ले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी रोबोटिक्स सेमिनार आयोजना गरेको छ ।
इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयमा एकदिने सेमिनार आयोजना गरिएको हो ।
विद्यालय स्तरीय विद्यार्थीहरूमा प्रविधिप्रति उत्सुकता जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको लियो क्लब अफ इटहरी प्रोफेसनल्स (इन्जिनियरिङ) का अध्यक्ष सरोज बानियाँले बताए ।
अध्यक्षद्वय बानियाँ र मिसन पराजुलीको संयुक्त अध्यक्षतामा आयोजना गरिएको सेमिनारमा ६० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा रोबोटिक्स असोसिएन अफ नेपाल–इस्टर्न च्याप्टरका अध्यक्ष बिनिलराज अधिकारीले प्रशिक्षणको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा जोन चियर पर्सन लायन्स डिस्ट्रिक्ट ३२५ सी लायन अजय अधिकारीले लायन्स र लियोले प्रविधि सम्बन्धित यस्ता कार्यक्रमहरू गर्नु सराहनीय रहेको बताए ।












Discussion about this post