Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहराका टंक नेपालले मन्दिरलाई दिए ४२ लाख बराबरको भवन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २१, २०७९
in समाचार
0
तरहराका टंक नेपालले मन्दिरलाई दिए ४२ लाख बराबरको भवन
195
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरास्थित निर्माणाधीन राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई स्थानीय टंकनाथ नेपालले ४२ लाख रुपैयाँ बराबरको भवन दिएका छन् ।

बुधबार (आज) एक कार्यक्रमको आयोजना गर्दै मन्दिर व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरिएको हो । भवन टंकनाथ र रिमा नेपालले आफ्ना माता पिताको नाममा निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

मन्दिर परिसरमा नेपालले किरियापुत्रीका लागि लक्षित गरी चारकोठे, एकतले भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । उनले आफ्ना पिता लक्ष्मीप्रसाद नेपाल र माता इश्वरादेवी नेपालको स्मृतिमा भवन निर्माण गरेको बताए ।

‘इश्वरा–लक्ष्मी पितृ भवन निर्माण गरेर मैले आमाबाबुको स्मृतिमा भवन हस्तान्तरण गरेको हुँ,’ उनले भने, ‘मेरो काम भनेको निर्माण गर्ने मात्रै हो, अब यसको सही सदुपयोग गर्न तपाईँहरू जुट्नुपर्छ ।’

उनले कूल ४२ लाख ४० हजार ७७ रुपैयाँ लागतमा उक्त भवन निर्माण गरेको बताए ।

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नेपालले गरेको उक्त कामको प्रशंसा गरे ।

‘अहिले बैँकले पनि ऋण दिन नसक्ने अवस्थामा उहाँले बुबाआमाको नाममा भवन निर्माण गर्नु उदाहरणीय काम हो,’ श्रेष्ठले भने, ‘आजसम्म गरेको पूण्य कामको उदाहरणीय व्यक्ति उहाँ हुनुहुुन्छ ।’

धार्मिक क्रियाकलाप गर्ने उदेश्यले निर्माण भएको राधाकृष्ण मन्दिर परिसरमा किरियापुत्रीका लागि र घरकोठामा बस्नेहरूका लागि भवन निर्माणले सहज हुने बताए ।

कार्यक्रममा नयाँ वृन्दावन गौशालाका प्रमुख दिनबन्धु शास्त्रीले अहिलेको समयमा पूण्य काम गर्ने मानिस भेट्न मुस्किल पर्ने भन्दै नेपालले गरेको काम सराहनीय रहेको तर्क गरे ।

कार्यक्रममा पोषराज नेपालले आवाजबिहीनलाई लक्षित गर्दै यो क्षेत्रमा भवन निर्माण गरेको बताए ।

उनले भने, ‘आवाजबिहीन मानिसले पनि यहाँ आएर सेवा उपभोग गर्न पाउन् । यो क्षेत्रलाई सहयोग र भरोसा पुगोस् भन्ने उदेश्यले भवन निर्माण गरिएको हो ।’

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बलराम कार्कीलाई भवनको चाबी हस्तान्तरण गरिएको थियो ।

उक्त भवनमा कोठाभाडामा बस्ने तथा समस्यामा परेका मानिसहरूको परिवारका सदस्यको निधन भएमा किरिया बस्न प्रयोग गरिने बताइएको छ ।

Tags: #तरहराटंक नेपालसमाजसेवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री...

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
FEATURE BREAKING

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।...

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

साउन ६, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

साउन ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

साउन ६, २०८३
मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

साउन ६, २०८३
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    554 shares
    Share 222 Tweet 139
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.