Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

रासस by रासस
साउन ६, २०८३
in विविध, समाचार
0
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत
52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।

विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनीहरुको भनाइ छ।

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभई समय पनि ठूलो बचत हुने बताए।

उनले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए।

अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए।

आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय कार्गाे रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि परिणाममुखी प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ।

नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग माग गर्दैआएको थियो ।

दुवै देशका सरकारले त्यससम्बन्धी नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ।

सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी र व्यापारीका लागि पनि लाभदायिक हुने भएको छ।

मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारीहरुको यो प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानमा भएको यो प्रगतिप्रति सरकारलाई धन्यवाद दिए।

Tags: #रेल#विराटनगर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री...

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
FEATURE BREAKING

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८३
0

इटहरी : मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ।...

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

साउन ६, २०८३
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

साउन ६, २०८३
दुर्घटना बीमाबाट पत्रकारलाई राहत, नयन मिडिया फाउन्डेसनले हस्तान्तरण गर्‍यो दाबीबापतको रकम

दुर्घटना बीमाबाट पत्रकारलाई राहत, नयन मिडिया फाउन्डेसनले हस्तान्तरण गर्‍यो दाबीबापतको रकम

साउन ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

धरान निवासी प्रा. डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

साउन ६, २०८३
मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङको जंगलमा लुकाइएको भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

साउन ६, २०८३
भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

भोजपुर र ओखलढुंगामा २ हजारभन्दा बढी गाँजाका बोट नष्ट

साउन ६, २०८३
कोलकाताबाट कार्गो रेल आइपुग्यो विराटनगर, ढुवानीमा नयाँ युगको सुरुआत

कोलकाता–विराटनगर रेल : उद्योगीले देखे नयाँ अवसर

साउन ६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    543 shares
    Share 217 Tweet 136
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.