Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सांसद शर्माको पहलले गोठगाउँमा अस्पतालको सेवा विस्तार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ४, २०७९
in समाचार
0
सांसद शर्माको पहलले गोठगाउँमा अस्पतालको सेवा विस्तार
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माको पहलका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ ।

विश्वविद्यालय परिसरमा मंगलबार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले गमलामा पानी हालेर संयुक्त रुपमा अस्पताल सेवा विस्तारको शुभारम्भ गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो ।

डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको गुनासो गर्दै आएका थिए । तर, अब दैनिक ८ घण्टा अनिवार्य रुपमा अस्पताल सञ्चालन गर्ने गरी अस्पताल सेवा विस्तार गरिएको हो ।

जाडो सिजनमा बिहान १० देखि ४ र बाँकी समय बिहान ९ देखि ५ बजेसम्म अब अस्पताल खुल्नेछ । पहिले आंशिक रुपमा मात्र बस्दै आएका डाक्टरहरू अब अनिवार्य रुपमा दैनिक ८ घण्टा अस्पतालमा बस्नेछन् ।

अस्पतालको सेवा विस्तार गर्दै त्यहाँ मेडिकल कलेज सञ्चालन गराउँन सांसद डा.शर्माले जवरजस्त पहल गरिरहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाई चुनावी एजेण्डानै बनाएर आएका सांसद शर्मा निर्वाचित भएदेखिनै यो विषयमा लागिपरिरहेका छन् । डा.शेखर कोइराला लगायतले उनलाई साथ दिइरहेका छन् । पहिलो चरणमा माघबाट सेवा विस्तार गर्ने उनले यसअघि नै घोषणा गरेका थिए, सोही बमोजिम सेवा विस्तार गरिएको हो ।

अब, दोस्रो चरणमा २४ सै घण्टा अस्पताल चलाउने र तेस्रो चरणमा आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना छ । पूर्णकालिन अस्पतालसहित मेडिकल कलेज सञ्चालन हुँदा सो क्षेत्रबासीलाई धेरै फाइदा पुग्ने भएकाले जसरी पनि मेडिकल कलेज सञ्चालन गर्नेगरी लागिपरेको सांसद शर्मा बताउँछन् ।

तर, यो अभियान असफल पार्न जिम्मेवार व्यक्तिहरुनै लागिपरेको उनको आशंका छ ।

मन्तव्यका क्रममा पनि उनले यो विषय खुलाएका छन् । तोकिएको समयमै अस्पताल सञ्चालनका लागि आग्रह गर्दा नलागेपछि विश्वविद्यालय व्यवस्थापनका पदाधिकारीहरूसँग हात हालाहाल बाहेक सबै ढङ्गको झगडा भएको र अन्ततः कुरा मिलेर यो अवस्थासम्म आइपुगेको उनले खुलासा गरे ।

‘जति सजिलो ढंगले बाहिर बुझिएको छ, त्यत्ति सजिलो गरी हामी यहाँसम्म आइपुगेका छैनौँ,’ सांसद शर्माले भने, ‘अस्पताललाई पूर्णकालिन बनाएर मेडिकल कलेज चलाउन एक्लैको पहलले मात्र सम्भव छैन, सबै जना जुट्यौँ भने सम्भव छ, सबै जना लागि परौं ।’

यसअघि पनि उनले मेडिकल कलेज सञ्चालन गर्न असहयोग गरिएमा अस्पताल अगाडि टेन्ट टाँगेर धर्नामा बस्ने चेतावनीसमेत दिएका थिए । उनले अस्पताल व्यवस्थापन र कर्मचारीहरुलाई पनि बेग्ला बेग्लै छलफल गरेर मेडिकल कलेज सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

यसको जस आफुलाई नचाहिएको दावी गर्दै आएका उनले अन्य राजनीतिक दललाई पनि सहयोगका लागि अपिल गर्दै आएका छन् ।

Tags: सुनील शर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते
समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी कमरे भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आज...

सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु
FEATURE BREAKING

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८३
0

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...

आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    340 shares
    Share 136 Tweet 85
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.