रामधुनी : आफ्नै साथीको नाममा फेक एकाउन्ट बनाएर ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
फेक एकाउन्ट बनाएर आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा सुनसरीको रामधुनी गाँउपालिका ४ की २० वर्षीया युनिसा भनिने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरूको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोलेर पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरूलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरूमा रकम पठाउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौँको नयाँबस्तीबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी उनीमाथि विद्युतीय कारोबार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post