झापा : झापाको मेचीनगर नगरपालिका १ स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प १५२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय वीरेन्द्र दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post