झापा : झापामा सात महिनाको अवधिमा भएका दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७९।८० को माघ मसान्तसम्म जिल्लामा चार सय ५७ सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, दुई बालक र दुई बालिका छन् ।
दुर्घटनामा एक सय सात जना गम्भीर घाइते भएका छन् भने छ सय ३९ जना सामान्य घाइते भएका कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सवारीमा चार सय ३३ ओटा मोटरसाइकल, ४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, छ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका छन् ।














Discussion about this post