झापा : झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले सञ्चालन गरेको उद्योगमा विस्फोट भएको हो ।
लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा विस्फोट हुँदा सोही ठाउँमा काम गर्ने कर्मचारी खोटाङ निवासी १९ वर्षीय सरोज सुन्दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घाइते भएका सुन्दासलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















Discussion about this post