झापा : झापाको बिर्तामोड नगरपालिका ४ बाट मोटरसाइकल चोरीमा संलग्न रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ५ मोरङका २४ वर्षीय प्रकाश थापा रहेका छन् ।
झापाको बिर्तामोड नगरपलिका ४ मा अर्जुनधारा ५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजादैँ गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post