इटहरी : इटहरीमा उपन्यास ‘समभोक’ को चर्चा गरिएको छ ।
शनिबार एक कार्यक्रमबीच लेखक शिव प्रकाशको नयाँ उपन्यास ‘समभोक’ को चर्चा गरिएको हो ।
डा. रामजी तिम्सिना, कवि सविता गौतम (दाहाल) र लेखक रमेश सायनले पुस्तकको चर्चा गरेका थिए । कार्यक्रममा मन्दीप भट्टराईले सहजीकरण गरे ।
उक्त कृति यस वर्ष प्रकाशित पुस्तकहरू मध्येमा छुट्टै किसिमको रहेको बताइएको छ ।
युवराज काफ्लेले संयोजन गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट कवि, लेखकहरूको उपस्थिति थियो ।














Discussion about this post