धरान : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँतीले राष्ठ्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् ।
प्रेस सेन्टर सुनसरीले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले जनताले मिलेर शासन मत दिएकोले राष्ट्रिय सहमतिअनुसार राष्ट्रपति चयन हुने बताएका हुन् ।
उनले जनताको म्यान्डेटअनुसार नै राष्ट्रपति चयन भएमा राष्ट्रिय सहमतिको आधारमा हुने बताए ।
यसैबीच नेपालमा पर्यटनको ठूलो सम्भावना भएपनि त्यो अनुरुपको विकास गर्न नसकिएको उनले बताए । पर्यटन प्रवर्द्धनमा ठूला भाषणको खाँचो नभई स–साना कुराबाट प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।
नेपाललको मौलिक संस्कृति, परम्परा तथा खानपिनलाई विश्वसामू चिनाउन सकिए पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने मन्त्री किराँतीले बताए ।














Discussion about this post