झापा : झापामा घाँस काट्न रुखमा चढेका एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका –४ का ४५ वर्षीय पुष्टबहादुर कडरियाको करेन्ट लागेर ज्यान गएको हो ।
स्थानीय राइसिङ टोलमा सडक छेउमा रहेको काभ्राको रुखमा चढेर घाँस काट्ने क्रममा उहाँलाई करेन्ट लागेपछि गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएकोमा उपचारको क्रममा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post