विराटनगर : कोसी प्रदेश नामकरण विरुद्व आन्दोलनरत पक्षधरलाई वार्ताको माध्यमबाट सहमतिमा आउन माओबादी केन्द्रले आग्रह गरेको छ ।
पहिचान पक्षधर माओबादी केन्द्र कोसी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वार्ताको माध्यमबाट सहमतिमा आउन आग्रह गरेका हुन् ।
पहिचान पक्षधरको बहुमत नभएका कारण प्रदेशको नामकरण पहिचानका आधारमा राख्न नसकिएको उनको जिकिर छ ।
‘संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने हुदैन’ उनले भने, ‘तर पहिचान पक्षधरको प्रदेशसभामा बहुमत नहुँदा यो नाम पारित भएको हो, यदि पहिचान पक्षधरको बहुमत भयो भने भोलि पनि नाम परिवर्तन हुनसक्छ ।’
अहिले देखिएको असन्तुष्टि स्वभाविक रहेको बताउँदै उनले आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिमा आउन आग्रह गरेका हुन् ।
आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको निधनप्रति दुख व्यक्त गर्दै आङ्बोले उनका परिवारलाई राहत प्रदान गर्न सरकार समक्ष माग समेत गरेका छन् ।














Discussion about this post