धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।
ग्रामीण क्षेत्रमा बाँदर तथा वन्यजन्तुबाट बाली जोगाउन राखिने परम्परागत भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार थापाले बन्दुकको नाल आगोमा तताएर सफा गर्ने क्रममा अचानक पड्किएपछि गम्भीर घाइते भएका थिए।
उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइए पनि उनको ज्यान बचाउन नसकिएको चिकित्कसले जनाएका छन्।
घटनापछि प्रहरीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।
खासगरी वन्यजन्तुबाट बाली जोगाउने उपायको अभावमा अझै पनि कतिपय किसानले भरुवा बन्दुक प्रयोग गर्ने गरेका छन्।
तर यस्ता हतियारको असुरक्षित प्रयोगले बेला–बेलामा मानवीय क्षति निम्त्याउने गरेको छ।












Discussion about this post