झापा : झापामा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
कमल गाउँपालिका २ निवासी अढाई वर्षीया छोरी चिन्दल सुवेदीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कमल गाउँपालिका २ स्थित भुत्लुङमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ क ४०७ नम्बरको नवोदय माध्यमिक विद्यालयको स्कूल बसले बालिकालाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बसका चालक ३९ वर्षीय दुर्गाबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post