झापा : झापाको दमकमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा ९ स्थित बरगाछीमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदैगरेको प्र–१–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उर्लाबारी नगरपालिका ३ का ३० वर्षीय विवेक धिमालको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक ३४ वर्षीय सोबित तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post