धरान : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा भइरहेको आन्दोलनको धरानमा समर्थन गर्दै एक कार्यक्रमको आयोजना गरिएको छ ।
धरानस्थित भानुचोकमा समृद्ध देशको मुख्य आधार अनुसन्धान, नवप्रवर्तन र आविष्कार लिखित ब्यानरसहित पूर्वाञ्चल ईन्जिनियर क्याम्पसका शिक्षक विद्यार्थीहरू, धरान जेसीसका प्रतिनिधिहरू, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरू, केन्द्रिय प्रबिधि क्याम्पस हातिसार धरानका विद्यार्थीहरू लगायतको उपस्थितिमा समर्थन गर्दै प्रदर्शन गरिएको हो ।
काठमाडौंमा पुनको आन्दोलनमा सहभागी भएर आएका धरानका अभियन्ता सुमन श्रेष्ठको संयोजकत्वमा प्रदर्शन गरिएको हो ।
पुनले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण बनाउनुपर्ने, अनुसन्धान कोषको स्थापना गर्नु पर्ने, खरिद नियमवाली छुट्टै बनाउनु पर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।
नेपालमै खोज तथा अनुसन्धान आबिष्कार भएका स्रोत साधनलाई नीतिगत रुपमा कार्यान्वयनका लागि स्वत स्फुर्तरुपमा धरानका विभिन्न सघ सस्था लगायत विद्यार्थीहरुको समर्थनमा कार्यक्रम भएको संयोजक श्रेष्ठले बताए ।














Discussion about this post