इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको कार्यबाहक सभापतिको जिम्मेवारी बालकृष्ण विष्टलाई दिइएको छ ।
सभापति हेमकर्ण पौडेलले आँफू केही समय इटहरी बाहिर रहनुपर्ने भएकाले उपसभापति रहेका विष्टलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् ।
यस्तै, सभापति पौडेलले नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको रिक्त रहेको कोषाध्यक्ष पदमा सुशीला लेखी चौधरीलाई मनोनयन गरेका छन् ।
नगर सदस्य रहेकी लेखीलाई नेपाली कांग्रेसको विधानअनुुसार कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।












Discussion about this post