झापा : पाथीभरा जाने क्रममा गत बैशाख २२ गते बिहानदेखि बेपत्ता भएका झापाको अर्जुनधारा नगरपालिका ५ का लोकप्रसाद पराजुली मृत भेटिएका छन् ।
६० वर्षीय पराजुलीलाई खोजतलास गर्ने क्रममा मंगलबार (आज) बिहान जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
लिम्बूका अनुसार माथिल्लो फेंदीदेखि करिब तीन किलोमिटर उत्तरपट्टीको जंगल क्षेत्रमा उनको शव भेटिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post