झापा : झापाको बुद्धशान्ति गाउँपालिका ३ मेची राजमार्ग स्थितमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रबार (आज) दिउँसो साढे १ बजेतिर प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री स्थानीय ६५ वर्षीय बलबहादुर बस्नेतको मृत्यु भएको हो ।
बस्नेतलाई ठक्कर दिदाँ घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक गौरादह नगरपालिका ४ का ३० वर्षीय संदेश तुम्बाफोलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post