झापा : झापाको दमक नगरपालिका ४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपैयाँ गए राति चोरी भएको छ ।
उक्त संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post