इटहरी : कोसी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै इटहरीको मुख्य चौकमै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार साँझ इटहरीको मुख्य चौकमै पहिचानवादीहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् । पहिचानवादीहरूले आफ्नो संस्कृति झल्काउने पहिरन, खाना र नाचसहित आन्दोलन गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार दुई घण्टा लामो सांस्कृतिक प्रदर्शनी भएको थियो ।
कोसी नाम परिवर्तन नभएसम्म रचनात्मक आन्दोलन जारी राख्ने बताइएको छ । ।













Discussion about this post