झापा : झापाको दमकमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
दमक ९ बुद्धचोक स्थितमा को ३७ प ८१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय लोकबहादुर धिमाल र पछाडि सवार उनको श्रीमती ६४ वर्षीया हिरादेवी धिमालको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकबहादुर दमक नगरपालिकाका कार्यपालिका सदस्य हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post