मोरङ : मोरङको ग्रामथान गाउँपालिका ५ मा करेन्ट लागेर सोमबार (आज) दिउँसो एक जनाको मृत्यु भएको छ ।
कलमा मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान ३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ग्रामथान ५ का विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्न खोज्दा करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post