झापा : झापामा एकजना कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
आइतबार साँझ उनको स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए ।
लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल जीवन बिताई रहेका उनको कैद समयावधि अझै ५ वर्ष बाँकी थियो ।












Discussion about this post