विराटनगर : विराटनगर जेसीजको आयोजनामा साताब्यापी तालिम सप्ताहको आयोजना आजदेखि हुँदैछ ।
वार्षिक कार्य तालिकाअनुसार तालिम आयोजना हुन लागेको विराटनगर जेसीजका अध्यक्ष अभिनाष थापाले जानकारी दिए ।
उनका अनुसार ७ भिन्न विधामा तालिम सञ्चालन हुनेछ ।
जसमा पहिलो दिन उद्घाटन तथा पब्लिक स्पिकिङ तथा प्रेजेन्टेसन स्किल, दोश्रो दिन हामीले जान्नु पर्छ, तेस्रो दिन सूचनाको हक, चौथो दिन व्यावसायिक दक्षता अभिबृद्वि तालिम, पाचौं दिन सामाजिक सञ्जालको प्रयोग तथा फाइनान्सियल जागरुकता तालिम, छैठौँ दिन खानपानका क्रममा टेबलमा बस्दा चाहिने बानी सम्बन्धि तालिम र सातौं दिन समापन तथा प्रभावकारी भाषणकला तालिम सम्पन्न हुने बताइएको छ ।
तालिमको विश्वविद्यालयका रूपमा चिनिने जेसीजले भिन्नाभिन्नै तालिमहरूको आयोजना गरेर युवाहरूलाई ज्ञानको दायरा फराकिलो बनाउनका लागि सप्ताह गर्न लागेको बताइएको छ ।
सातै दिन, सात कार्यक्रम संयोजक रहने तथा भिन्न सात प्रशिक्षकबाट विभिन्न स्थानमा तालिम सञ्चालन हुने विराटनगर जेसीजका तालिम निर्देशक शिव शंकर मण्डलले जानकारी दिए ।














Discussion about this post