झापा : झापाको शिवसताक्षी नगरपालिकामा ट्रक र कार ठोक्किँदा बाबु-छोरीको मृत्यु भएको छ ।
दुर्घटनामा मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र उनकी १८ वर्षीया छोरी कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
झापाबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ३८७९ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००च ७४८२ नम्बरको कार एक आपसमा ठक्कर भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको तथा दुवै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।















Discussion about this post