Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भानु जयन्तीको अवसरमा इटहरीको मोडर्न प्रिपेरेटोरीमा विद्यार्थीहरूले सुनाए कविता

प्रतियोगितामा दुई दर्जन बढी सहभागी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २८, २०८०
in समाचार
0
भानु जयन्तीको अवसरमा इटहरीको मोडर्न प्रिपेरेटोरीमा विद्यार्थीहरूले सुनाए कविता
111
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अन्य समयमा खाजा खाने समय सकिएपछि कक्षा सञ्चालन हुन्थ्यो ।

तर, बिहीबार दिउँसो भने विद्यार्थीहरूले खाजा खाइसकेपछि भने सभाहलतर्फ भेला भए । कसैले कविता सुनाउन थाले त कोही दर्शक बने ।

२१० औँ भानु जयन्तीको अवसर पारेर बिहीबार विद्यालयका कविता प्रतियोगिताको आयोजना गरिएको हो । विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलका अनुसार प्रतियोगितामा कूल ३० जना विद्यार्थी सहभागी थिए ।

प्राथमिक तहदेखि नै प्रतियोगितामा सक्रिय भएका विद्यार्थीहरूलाई सृजनशील बनाउन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए ।

‘हामीले स–साना विद्यार्थीहरूलाई पनि सृजनशील बनाउनका निम्ति यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीलाई सृजनशील बन्नसँगै अगाडि गएर बोल्न पनि सिकाउने भएकाले हामीले भानु जयन्तीको अवसर पारेर यो किसिमको कार्यक्रम गरेका छौँ ।’

प्रतियोगितामा कक्षा ६ की छात्रा रुस्मिता खत्री प्रथम भइन् । यस्तै, कक्षा १० का छात्र रेवन्त कार्की र उज्जवल निरौला क्रमशः द्वितीय र तृतीय भए । उनीहरूलाई पुरस्कार प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्लेले विद्यार्थीहरूको क्षमता अभिवृद्वि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार प्रतियोगितामा विद्यार्थीहरूले कविता सुनाएका थिए भने शिक्षक, शिक्षिकाहरूले पनि उत्तिकै सक्रिय सहभागी जनाएर कविता सुनाए ।

‘विद्यार्थीहरूलाई विभिन्न समयमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको क्षमता वृद्विसँगै प्रतिभा प्रस्फुटन हुन्छ,’ उनले भने, ‘कक्षागत र विषयगत सिकाईबाहेक पनि विद्यालयले रचनात्मक काममा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पौडेलसहित शिक्षकहरू सुवास निरौला, निकेश डाँगी र शिक्षिका सरिता काफ्लेलगायतले पनि कविता सुनाएका थिए ।

Tags: #साहित्यकविताभानु जयन्तीमणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीसञ्जीव वाग्ले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    467 shares
    Share 187 Tweet 117
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.