झापा : झापाको शिवसताक्षी नगरपालिका ८ का एक वृद्ध मृत फेला परेका छन् । स्थानीय ९० वर्षीय वृद्ध टेकबहादुर श्रेष्ठ कन्काइमाईमा मृत फेला परेका हुन् ।
शनिबार कन्काई पुलदेखि सात सय मिटर दक्षिणमा शव देखेर स्थानीयले माइधार प्रहरीलाई खबर गरेका थिए ।
शवको पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post