धरान : धरानको भानुचोकमा एक व्यवसायीले आत्मदाहको प्रयास गरेका छन् ।
धरान ३ माछाभौडीका यौवन खड्गीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गरेका खड्गीलाई आज (सोमबार) प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेको छ ।
खड्गी धरान ३ स्थित न्यू जयन्ती स्टोरका सञ्चलक हुन् । सुन पसलमा बचत सङ्कलन गर्ने गरेका उनी बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा उनलाई प्रहरीले उद्वार गरेको थियो ।














Discussion about this post