झापा : झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचमा भाग्दा एकजनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुधेर दुर्घटना हुँदा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कनकाई ७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१६ प ५०९८ नम्बरको मोटरसाइकलमा सवार दर्जी सडकको ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा विपरीत दिशाबाट आइरहेको प्र १-०१-००१च ७४०७ नम्बरको पिकअप भ्यानसँग जुधेको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक दर्जीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post