इटहरी : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्कालाई मातृशोक परेको छ ।
खड्काकी आमा देवीकुमारी खड्काको ६४ वर्षको उमेरमा आज (शनिबार) दिउँसो ४ बजेतिर निधन भएको हो ।
लामो समयदेखि दमसम्बन्धी रोगबाट पीडित खड्काको इटहरी–१, आदर्श टोलस्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय खड्काका पति, एक छोरा तथा चार छोरी छन् । उनको आइतबार बिहान ८ बजे इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएका छन् ।














Discussion about this post