झापा : झापाको झापा गाउँपालिका ४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेका उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएपनि उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post