भोजपुर : भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरी कारागार चलान गरिएको छ।
जिल्ला अदालत भोजपुरले उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर ल्याइएको छ ।
भोजपुर नगरपालिका ११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका ८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
जिल्ला अदालतको मंगलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँचजनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए।
भोजपुर १२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित ७ जना वडा ११ र १२ को सीमानामा रहेको अखुवा खोलामा असार २२ गते माछा मार्न गएका थिए।
६ जना साथी घर फर्किएपनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर १२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए।
प्रधानका बुबा देवीले दिएको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो। प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट खुलेको छ ।’
यो पनि – भोजपुरमा मृग ठानेर भरुवा बन्दुक हान्दा आफ्नै साथीको मृत्यु, त्यसपछि खोलाको बगरमा पुरियो…












Discussion about this post