Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८०
in विविध, समाचार
0
इटहरीको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच
194
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।

बुधबार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । विराटनगर आँखा अस्पतालसँगको सहकार्यका विद्यालयले आँखा जाँच गरेको हो ।

पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायलाई निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले बताए ।

उनका अनुसार स्कूले विद्यार्थीमा पनि आँखा पाक्ने समस्या हुँदा अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उपचार गर्न प्रेरित गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो ।

‘हामीले आयोजना गरेको शिविरमा तीन सय बढी लाभान्वित हुनुभएको छ, दोस्रो चरणमा यही आइतबार पुनः शिविर आयोजना हुनेछ,’ निरौलाले भने, ‘शिविरमा आवश्यक पर्ने औषधि पनि निःशुल्क उपलब्ध गराएका छौँ, थप उपचार गर्नुपर्ने अवस्थामा भने अस्पतालसँग सहकार्य गर्नेछौँ ।’

उनका अनुसार विद्यार्थीहरूलाई दुई सय रुपैयाँसम्मको औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता मनिषकुमार खवासले खासगरी दूषित वातावरणका कारण पछिल्लो समय आँखाका बिरामी बढेको बताए ।

‘दूषित वातावरणका कारण आँखाका बिरामी बढेका छन्, यो सरुवा रोग भएकाले जसलाई, जुनै बेला पनि सर्न सक्छ,’ उनले भने, ‘चाँडै सर्ने रोग भएका कारण आँखालाई बेलाबेला चिसो पानीले सफा बनाउनुपर्छ ।’

आँखाका बिरामी भएको अवस्थामा चिसो पानीले सफा राख्ने, अरु मानिसभन्दा केही परै बस्ने, आँफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने सुझाव दिए ।

उनका अनुसार विराटनगर आँखा अस्पतालमा अन्य समयमा दैनिक एक हजारभन्दा बढी आँखाका बिरामी आउने भएपनि अहिले उक्त संख्या बढेको छ । पछिल्लो समय कोसी प्रदेशका विभिन्न जिल्लाबाट आँखाका बिरामी बढ्दो रहेको उनले बताए ।

‘अहिले दैनिक पन्ध्र सयसम्म आँखाका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘बढीजसो आँखा पाक्ने समस्याका बिरामी आउने गरेका छन् ।’ उनले यो किसिमको भाइरल रोग एकदेखि डेढ महिनासम्म निरन्तर रहनसक्ने बताए ।

शिविरमा आएका बिरामीहरूले चस्मा लगाउनुपर्ने अवस्था रहेमा एक हजार दुई सय बराबर निःशुल्क हुने, मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अवस्थामा लेन्स, औषधि, ल्याब टेस्ट लगायत छुट हुने, छड्के आँखाको अप्रेसन गर्नुपनरेमा १२ हजारसम्मको छुट वा उपचार हुने खवासले बताए ।

चिकित्सकहरूका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।

नेत्ररोग विशेषज्ञहरू पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरूको भनाइ छ ।

Tags: आँखामोडर्न प्रिपेरेटोरीमोर्डन प्रिपेरेटरीरमेश निरौला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    737 shares
    Share 295 Tweet 184
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    508 shares
    Share 203 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.