विराटनगर : विराटनगर महानगरपालिकामा साइकलबाट लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको अररिया ३ बस्ने ३५ वर्षीय गोपाल मण्डल रहेका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीका अनुसार सोमबार राति सवा ८ बजेतिर विराटनगर १८ आइसिपी सडकमा साइकलबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइकोमा मङ्गलबार बिहान २ः१४ बजेतिर उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post