झापा : झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका ३ वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको बाघे खोलामा उनीहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएको थियो ।
उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्णटुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post