झापा : नेपाल–भारत सीमामा पर्ने मेची नदीमा तैरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
मेचीनगर नगरपालिका ५ नकलबन्दाका ५८ वर्षीय शेरबहादुर प्रधानको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी बुधबार बिहान भारतमा रहेका आफन्तकोमा जाने भनेर हिँडेका थिए। नदीले बगाउँदा प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post