झापा : नेपाल–भारत सीमामा पर्ने मेची नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका ६ का १३ वर्षीय शिव महतो छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार महतो साथीहरूसँग पौडी खेल्न गएका थिए ।
भद्रपुर ५ देवीबस्ती नजिक रहेको तटबन्धको गहिरो भागमा डुबेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post