झापा : झापाको अर्जुनधारा नगरपालिका ९ निवासी एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो ।
ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
ममताको अवस्था सामान्य रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका २ स्थायी घर भएका रेग्मी परिवार केही समययता अस्थायी रूपमा अर्जुनधारा ९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।












Discussion about this post