विराटनगर : २० किलो चाँदीसहित प्रहरीले विराटनगरका दुईजनालाई पक्राउ गरेको छ ।
विराटनगरबाट अवैध रूपमा काठमाडौँ लैजाँदै गरेको २० केजी चाँदीसहित प्रहरीले मंगलबार (आज) विराटनगरका दुई जनालाई पक्राउ गरेको हो ।
प्रदेश ०१–०२५ च १०६९ नं को निजी कारको पछाडि सिटमुनि लुकाएर लैजाँदै गरेको २० किलो चाँदीसहित विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरलाई वीपी राजमार्ग अन्तर्गत सिन्धुली प्रहरीले गोलन्जोर गाउँपालिका ५ को गढी प्रहरी चौकीले पक्राउ गरेको हो ।
सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार चार वटा पोका बनाएर लुकाइ ल्याइएको चाँदी हालको मूल्य अनुसार २४ लाख ६१ बराबरको छ ।
चाँदीको स्रोत फेला नपरेपछि आवश्यक कारबाहीका लागि सवारी साधनसहित नियन्त्रणमा लिइएको एसपी सिलवालले जानकारी दिए ।
नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।














Discussion about this post