झापा : झापाको भद्रपुर नगरपालिका १० केन्द्रमोडस्थित खाल्डोमा जमेको पानीमा डुबेर एक वृद्वाको मृत्यु भएको छ ।
बुधबार (आज) स्थानीय ७३ वर्षीया शिव कुमारी ढकालको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
डुबेर मृत अवस्थामा रहेको भन्ने सूचना पाएसँगै खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणको लागि प्रादेशिक अस्पताल पठाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post