झापा : झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका ५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको हो ।
चारपाने–राजगढ भित्री सडकमा बिहान ११ बजे मे ८ प ३५६९ को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदल यात्री स्थानीय ४५ वर्षीया मनि मर्डीलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पैदलयात्री मर्डीसहित मोटरसाइकलको पछाडि बस्ने बिर्तामोड ३ का २३ वर्षीय समीर महमद घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हो । यद्यपि, थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post